PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

छैठौं युवक कोरोनाबाट मुक्त भएपछि डिस्चार्ज हुँदै



पहिलोपोस्ट

छैठौं युवक कोरोनाबाट मुक्त भएपछि डिस्चार्ज हुँदै

काठमाडौं : कोरोना संक्रमण देखिएका धादिङका ३२ वर्षीय पुरुषकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि बुधवार डिस्चार्ज हुँदैछन्। चैत १२ गते संक्रमण पुष्टि भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् थिए।

'उहाँको स्वास्थ्य अवस्था ठीक भएपछि घर पठाउने तयारी गरेका छौं,' अस्पतालका निर्देशक सागरराज भण्डारीले भने, 'उहाँको परिवार आइपुग्नु भएपछि पठाउँछौं।'

ठीक भएका पुरुष चैत ६ गते युएईबाट नेपाल आएका थिए।

उनी उपचारपछि ठीक हुने छैठौं व्यक्ति हुन्। यसअघि चीनबाट फर्किएका विद्यार्थी, फ्रान्सबाट फर्किएकी काठमाडौंकी युवती, बाग्लुङ्की २१ वर्षीया युवती, धनगढीका दुई युवा उपचारपछि ठीक भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell