PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बिहारबाट फर्केका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ



रासस

बिहारबाट फर्केका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ
PHOTO : xinhua

धनुषा : धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ।

सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए।

वडाध्यक्ष गत चैत २२ मा बिहार राज्यको मधुवनीबाट फर्किएका थिए। स्थानीयवासीको दवाबपछि प्रहरीले उनलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell