PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

औषधि पठाएकोमा ओलीको मोदीलाई धन्यवाद



पहिलोपोस्ट

औषधि पठाएकोमा ओलीको मोदीलाई धन्यवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लड्न अत्यावश्यक औषधी सहयोग गरेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधवार ट्वीट गर्दै कोरोना महामारीविरुद्ध लड्न अत्यावश्यक २३ टन औषधी दिएको धन्यवाद दिएका हुन्। नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई औषधी हस्तान्तरण गरेका थिए।

भारतले पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरोक्विनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज अत्यावश्यक औषधि उपलब्ध गराएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell