PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आज पनि कोटेश्वरमा गाउँ फर्किनेको उस्तै भिड



पहिलोपोस्ट

आज पनि कोटेश्वरमा गाउँ फर्किनेको उस्तै भिड
फाइल फोटो

काठमाडौं : गाउँ फर्किने अभिलाषा बोकेर कोटेश्वर पुग्ने मानिसको भिड आज पनि उस्तै देखिएको छ।

विभिन्न स्थानीय निकायका प्रतिनिधिले उपलब्ध गराएका गाडी तथा अन्य सवारीमा घर जान पाइने भएपछि आज बिहानैदेखि कोटेश्वर पुग्नेहरु देखिएका थिए। अहिले त्यहाँ मानिसको भिड देखिन्छ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा जाने मानिसको सङख्या धेरै छ।

मंगलवार साँझ सयौंको सङ्ख्यामा मानिस कोटेश्वर पुगेका थिए। तर, सरकारले भने यसरी पठाउनबारेमा औपचारिक रुपमा कुनै जानकारी गराएको छैन। तर, अनौपचारिक रुपमा सरकारको समर्थन नै देखिन्छ। सडकमा खटिएका सुरक्षाकर्मी पनि ठूलो सङ्ख्यामा मानिसको भिड देखेपछि अलमलमा परेका देखिन्छन्।

सरकारले लकडाउन घोषणा गरेको एक महिना लागेको छ। तर, सरकारको व्यवस्थापन फितलो हुँदा मानिस हिँडेर भए पनि गाँउ फर्किने गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell