PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना

काठमाडौं : नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। यससँगै कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ।

आज थपिएका ३ जना सबै पुरुष नै हुन्। २४, ६० र ७२ वर्षका हुन् उनीहरु। 

उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उदयपुरको क्वारेन्टाइनमा रहेका उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइँदैछ। यसअघि उदयपुरका नै २४ जना कोशी अस्पतालमा उपचाररत छन्। यससहित उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell