
भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश ल्याएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मीमाथि भौतिक तथा मानसिक हिंसा गर्नेलाई कारवाहीका लागि सो अध्यादेश पारित गरेको हो।
अब स्वास्थ्यकर्मीमाथि आक्रमण अथवा दुर्व्यवहार भए कडा कारवाही गर्ने बाटो खुलेको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिए। उनका अनुसार अध्यादेशमा ३ महिनादेखि ७ वर्षसम्म सजाय गर्ने सक्ने प्रावधान राखिएको छ। ५० हजारदेखि २ लाखसम्म जरिवाना पनि हुनेछ।
नेपालमा सरकारबाटै महासंकटका बेला राजनीतिक दल तथा संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउने तथा कोरोना भाइरसविरुद्धको लडाईंमा फ्रन्टलाइनमा खटिएका डाक्टरमाथि स्पष्टिकरण सोधेर स्वास्थ्यकर्मी मनोवल गिराउने काम भइरहेका बेला भारतमा भने कोरोनालाई जित्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश ल्याइएको छ।
पछिल्ला केही दिनमा भारतमा कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध र परिवारमाथि दुर्व्यवहार भएको थियो।
Central Government has brought an ordinance to end violence against health workers, carries imprisonment from 6 months to 7 years if anyone found guilty. pic.twitter.com/3wonlBuyHT
— ANI (@ANI) April 22, 2020