PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने डोटी प्रशासनको निर्णय



रासस

अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने डोटी प्रशासनको निर्णय
फोटो : रासस (फाइल)।

डोटी : जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले बुधवारबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। विश्वभर कोरोना भाइरस संक्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

उनले भने, ‘कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि आजदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ। निर्णयको पूर्णरुपमा पालना गरिने छ।’

जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थनीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)को रिर्पोटको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धित सबै स्थानीयतहलाई जानकारी गराईसकेको प्रजिअ पौडेलले जानकारी दिए।

जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो। समयावधी पुगेका र आरडिटी जाँचपश्चात सबैको रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाइएको हो। पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखि क्याम्पस बिपिनगरमा स्थापना गरेको क्वारेन्टाइनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखिएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell