PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मुम्बई प्रहरीलाई बलिउड निर्देशक रोहित शेट्टीको सहयोग : उपलब्ध गराए शहरका ८ होटल



पहिलोपोस्ट

मुम्बई प्रहरीलाई बलिउड निर्देशक रोहित शेट्टीको सहयोग : उपलब्ध गराए शहरका ८ होटल
Photo: theweek.in

मुम्बई : विश्वभर फैलिएको कोरोना भाइरसको कारण रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन स्थगित भयो। कोरोनाको त्रासका कारण मार्चमा प्रदर्शन हुने भनिएको यो वर्षको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन स्थगित हुँदा निर्देशक शेट्टी अहिले फुर्सदिला छन्।

कोरोनाको संक्रमणबाट बच्न भारतमा पनि लकडाउन गरिएको छ। लकडाउनका बीच निर्देशक शेट्टीले मुम्बई प्रहरीका लागि शहरका ८ होटल उपलब्ध गराएका छन्। शेट्टीले सुरक्षाकर्मीलाई सहयोग गर्दै उनीहरुलाई शहरका विभिन्न ८ होटलमा बस्ने व्यवस्था मिलाइ दिएका हुन्।

लकडाउनको समयमा ड्युटीमा तैनाथ सुरक्षाकर्मीहरु यी होटलमा आराम गर्न सक्ने छन्। मुम्बई प्रहरीले ट्विट गर्दै यसको जानकारी दिएको छ। 

मुम्बई प्रहरीले ट्वीटमा भनेको छ, ‘रोहित शेट्टीले शहरको ८ होटल हामी ड्युटीमा तैनाथ सुरक्षाकर्मीको लागि दिनुभएको छ। जहाँ हामीलाई खाजादेखि खानासम्मको सबै व्यवस्था गरिएको छ।’

 

साथै मुम्बई पुलिसले सहयोगको लागि रोहितलाई धन्यवाद दिएको छ। यसअघि रोहितले बलिउडमा काम गर्ने मजदुरहरुको लागि ५१ लाख रुपैयाँ सहयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell