PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सुदूरपश्चिमका तेस्रो संक्रमितले जिते कोरोना, सेतीमा दुई महिलाको उपचार जारी

सुदूरपश्चिमका तेस्रो संक्रमितले जिते कोरोना, सेतीमा दुई महिलाको उपचार जारी

एम बम/पहिलोपोस्ट


कैलाली : सुदूरपश्चिम प्रदेशका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उनको पहिलो र दोस्रो रिपोर्ट पोजेटिभ थियो। अस्पतालले कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई पछिल्ला दुई रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि यसअघि नै डिस्चार्ज गरिसकेको छ।

आज डिस्चार्ज भएका ४१ बर्षीय पुरुष भारतबाट आएका थिए। गत चैत २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अब सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित दुई जनाको उपचार भइरहेको छ। धनगढीकी ३४ बर्षीया र लम्कीचुहा नगरपालिकाकी ६५ वर्षीया महिलाको उपचार भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell