PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

ड्राइपोर्ट भन्सारमा थुप्रिँदै आयातित सामान, लकडाउनका कारण ३ हजार ४ सय कन्टेनर ‘होल्ड’मा



राधेश्याम पटेल

ड्राइपोर्ट भन्सारमा थुप्रिँदै आयातित सामान, लकडाउनका कारण ३ हजार ४ सय कन्टेनर ‘होल्ड’मा

वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा विभिन्न मालसामान लोड भएका ३ हजार ४ सय कन्टेनर होल्ड भएको छ।

प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार भारतबाट आउने मालसामानको मात्रा पहिलेजस्तै भए तापनि वीरगंजबाट आवश्यक मात्रामा कन्टेनर उठ्न नसकेर थन्किएको बताए।

‘भारतबाट अहिले दैनिक १८० देखि ३६० वटा कन्टेनर आइरहेको छ। तर, ड्राइपोर्टबाट खाद्यान्न सामग्रीको मात्र कन्टेनर जाने भएकोले समस्या बढ्दै गएको हो’, उनले भने, ‘वीरगंजबाट अहिले दैनिक रूपमा बढीमा सयदेखि डेढ सय हाराहारीमा मात्र कन्टेनर जाने भएकोले भन्सारको यार्डमा करिब ३ हजार ४ सय कन्टेनर होल्ड भएको हो।’

ड्राइपोर्टमा कहिले गाडी त कहिले कन्टेनर ओसार्ने र लोड गर्ने साधनको अभावले गर्दा पनि समस्या भइरहेको उनले बताए। यस्तै रहिरहे एक सातापछि ड्राइपोर्ट भन्सारमा कन्टेनर राख्ने पनि ठाउँ नपाइने उनले बताए। मालसामान सहज रूपमा ढुवानीका लागि वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी, व्यवसायी, ढुवानी व्यवसायी, यातायात व्यवसायी र सुरक्षा निकायका अधिकारीहरूबीच छलफल गरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell