
बलिउडमा शाहरुख खान र कजोलको जोडी सुपरहिट जोडी हो। रियल लाइफमा पनि यो जोडीको मित्रता गहिरो छ, 'डिडिएलजी' को राहुल र अञ्जलीजस्तै। गहिरो मित्रता भए पनि प्रेमी/प्रेमिका र जीवन साथी भने होइन।
शाहरुख गौरी खानका श्रीमान हुन भने काजोल अजय देवगनकी श्रीमती। तर, फ्यानको चाहना शाहरुख र काजोल पर्दाजस्तै वास्तविक जीवनमा पनि जोडी होस भन्ने चाहन्थे। काजोलले त अहिले पनि शाहरुखसँग जोडिएर आउने प्रश्नको सामना गर्दै आएकी छिन्।
केही समयअघि फ्यानसँगको प्रश्नोत्तर कार्यक्रममा काजोलले निजी जिन्दगीसँग जोडिएका कैयौं अन्तरंग प्रश्नको सामना गर्नुपर्यो।
एक फ्यानले सोधे, 'यदि तपाईको जीवनमा अजय देवगन हुँदैनथे भने के तपाई शाहरुख खानसँग विहे गर्नुहुन्थ्यो?' आफ्ना कुरा प्रष्ट राख्ने अभिनेत्री काजोलले जवाफ दिइन, 'उनी त्यो व्यक्ति होइन, जसलाई प्रपोज गर्नु पर्थ्यो।'
अर्का फ्यानले काजोल र शाहरुखको बोडिंगलाई लिएर गरेको प्रश्नमा उनको जवाफ थियो, 'फ्रेन्ड्स फोर लाइफ।'
काजोलले शाहरुख खानसँग 'दिलवाले दुल्हनिया ले जाएंगे', 'बाजीगर', 'कुछ कुछ होता है', 'कभी खुशी कभी गम', 'माई नेम इज खान' र 'दिलवाले'जस्ता कैयौं हिट फिल्ममा काम गरेकी छिन्।