काठमाडौँः उपत्यका छाड्नेहरुको लर्को आज पनि चोकचोकमा उस्तै छ। कोटेश्वरबाट पूर्वको क्षेत्रको आज पनि मानिसहरु साँझदेखि नै बाक्लो रुपमा जम्मा भएका छन्। चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा पनि उपत्यकाबाट बाहिरिने नागरिक जम्मा भएका छन्।
लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी, विद्यार्थी लगायतले धमाधम उपत्यका छाडिरहेका छन्। कतिपय स्थानीय तहले आफ्ना क्षेत्रका नागरिक लैजान बस व्यवस्थापन गरेका छन्।
तर, प्रहरीले उनीहरुलाई मुख्य सडकमा बस्न अवरोध गरिरहेको छ। उपत्यकाबाहिर जान लागेका बसहरुलाई मुख्य सडकभन्दा भित्र राखिएको छ। मंगलबार निकै भीडभाड भएपछि व्यवस्थापनमा प्रश्न उठेको थियो।
हेर्नुस् तस्विरमा