
काठमाडौ: अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन क्लबका खेलाडी र प्रशिक्षकलाई राहत वितरण गरेको छ। एन्फाले आज विभिन्न ए डिभिजन क्लबका २८ जना खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरेको हो।
पछिल्लो समय शहीद स्मारक ए डिभिजन लिग लगायत मोफसलका लिगहरु खेलिरहेका विदेशी खेलाडीहरु लकडाउनमा काठमाडौंमै रहेका छन्।
एन्फाले यसअघि आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई कोरोनाको कहर नसकिउन्जेलका लागि हस्तान्तरण गरेको थियो। त्यस्ते एन्फा कम्पेक्स सातदोबाटो लगायत नेपालका विभिन्न स्थानमा रहेका एन्फाका संरचनाहरुलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आव्हान गरेको थियो। जसअनुसार एन्फाको रौतहटस्थित महिला एकेडेमीलाई प्रदेश २ सरकारले क्वारेन्टाइनका रुपमा प्रयोग गरिरहेको छ।