PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजका खाद्यान्न तथा तरकारी बजार बन्द, ‘होम डेलिभरी’को गरियो व्यवस्था



राधेश्याम पटेल

वीरगंजका खाद्यान्न तथा तरकारी बजार बन्द, ‘होम डेलिभरी’को गरियो व्यवस्था
Photo: ortobene.net

वीरगंज : मंगलवार उदयपुर जिल्लामा १४ जना थप कोरोना संक्रमित भेटिएपछि पर्सा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। वीरगंजको सबै खाद्यान्न, किराना र तरकारी बजार बन्द गरी स्थानीय प्रशासनले नयाँ रणनीति अनुसार अत्यावश्यक सामग्रीहरूको आपूर्ति गर्ने तयारीमा जुटेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको हेल्प डेस्कले वीरगंजका २३ जना खाद्यान्न व्यवसायीहरूको सहकार्यमा अत्यावश्यक चामल, दाल, नुन, तेल जस्ता किराना सामग्री र तरकारी फोनमा अर्डर लिएर घरमै पुर्‍याउने सेवा शुरू गरिएको पर्सा प्रहरीको हेल्प डेस्कले जनाएको छ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले दिएको जानकारी अनुसार किराना सामग्रीको लागि ९८५५०२२५६५, ९८५५०२१०६७, ९८०४२४४९६२, ९८४५५५५६६४, ९८०३८३८६००, ९८१७२१३२८१, ९८४५०३५६६९, ९८५५०३८५७१, ९८४५०५८४५०, ९८४५०२५३१२, ९८१९२२९८५८, ९८४५०३७५१८, ९८४५०२१६७७, ९८५५०२५०३६ मा सम्पर्क गर्न सकिनेछ।

त्यसैगरी चामलको लागि ९८११८९२२०७, ९८४३१०६५५०, ९८०६८३१६५१ नम्बरमा सम्पर्क गर्न भनिएको छ भने पिठो, सुजी, मैदा, सतुवा, बेसनको लागि ९८४५१९२९२३, भुजाको लागि ९८४५०६१५४९ र आलु प्याजको लागि ९८०६८३१६५१ मा सम्पर्क गर्न  पर्सा प्रहरीले अपिल गरेको छ। होम डेलिभरी गर्दा न्यूनतम ६ सय भन्दा बढिको समान अर्डर गर्ने व्यवसायीहरुले बताएका छन्।

होम डेलिभरी गर्ने पसलहरूमा वीरगंज आदर्शनगरको सिटी मार्ट, फन एन्ड फन, शारदा स्टोर, लक्ष्मी किराना पानगल्ली, मीनाबजारको आशीष गल्ला भण्डार, प्रिन्स गल्ला भण्डार, कोमल स्टोर, आशीष किराना पसल, चन्द्रशेखर मसाला, विशाल एन्डसचिन ब्रदर्स, गहवामाई चामल पसल, अभिजित किराना पसल, प्रिया एन्ड सुजाता किराना स्टोर्स, राहुल एन्ड नवीन किराना रहेका छन्।

त्यस्तै, माईस्थानका निखिल जनरल स्टोर्स, रोशनी ट्रेर्स, एस बाबा किराना पसल, महालक्ष्मी ट्रेडर्स, राहुल भुजा पसल, न्यू कृष्ण जेनरल स्टोर्स, न्यू श्रीगणेश किराना स्टोर्स, बिटु किराना पसल, अनमोल ट्रेडर्सलगायत रहेका छन्। जिल्ला प्रहरी कार्यालयको हेल्प डेस्कले खाद्यान्न तथा औषधिको लागि ९८४४९८२७९० को हटलाइन नम्बर पनि सार्वजनिक गरेको र ती सामग्री आवश्यक परेमा सम्पर्क गर्न भनेको छ।

खाद्यान्न सामग्री होम डेलिभरी शुरू भएतापनि आवश्यक जानकारीको अभावमा अहिले अर्डर कम रहेको र तरकारीहरू समेत किराना तथा भित्री गल्लीहरूको पसलमा उपलब्ध रहेको पर्सा तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बताए। उनले बारा पर्साबाट तरकारी नआए तापनि भारतबाट तरकारी नियमित आयात भइरहेको र सोही तरकारी ठेलागाडादेखि साइकलमा समेत टोलटोलमा घुमाएर बिक्री गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell