PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

समाजवादी र राजपा एकीकृत, ‘जनता समाजवादी पार्टी, नेपाल गठन’



पहिलोपोस्ट

समाजवादी र राजपा एकीकृत, ‘जनता समाजवादी पार्टी, नेपाल गठन’

काठमाडौं: मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारले दल विभाजन सहज हुनेगरि नयाँ अध्यादेश जारी गरेसँगै दुवै दल फुट्ने त्रासमा परेका थिए। फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।

केही सांसदहरुले दल विभाजनको तयारी थाहा पाएपछि दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्। एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख छ।

सहमति अनुसार पार्टीको झण्डा हाल समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। यस्तै चुनाव चिह्न छाता हुनेछ। छाता राजपाको चुनाव चिह्न हो।

सहमतिमा दुवै दलका चार/चार जनाले हस्ताक्षर गरेका छन्। समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। राजपाका अध्यक्ष मण्डलका दुई सदस्यको भने हस्ताक्षर छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell