PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीयलाई खानेकुराको अभाव



राधेश्याम पटेल

ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीयलाई खानेकुराको अभाव

वीरगंज : ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न अभाव भएको छ। यहाँ रहेका करिब ८४ जना भारतीयहरूलाई लकडाउनको एक महिनापछि साबुन र खाद्यान्नको अभाव हुन थालेको हो।

नेपालका विभिन्न जिल्लाबाट भारत फर्किने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सो क्वारेन्टाइनमा राखेको थियो। यसअघि यहाँ रहेका १२५ जनालाई १४ दिन बितेपछि वीरगंजमा रहेका आफन्तको जिम्मा लगाइएको थियो भने केहीलाई भारत प्रवेश गराइएको थियो।

हाल रहेका ८४ जनालाई नुहाउने र कपडा धुने साबुन सँगै खानेकुराको अभाव भएको हो। ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले उपलब्ध गराइरहेको खाजा पर्याप्त नभएको क्वारेन्टाइनमा बसेकाहरूले गुनासो गरेका छन्।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले आपूmहरूले बिहान सात बजे चिया–बिस्कुट, एघार बजे खाना र दिउँसो तीन बजे पाउरोटी र बिस्कुट, साँझ ७ बजे जाउलो अथवा पुरी तरकारी खुवाउँदै आएको बताए। त्यसमा कसैलाई कमी भएमा यसबारेमा गम्भीर भएर समस्या समाधान गर्ने उनले बताए। नुहाउन र कपडा धुनको लागि साबुन अभाव भएमा आपूmसँग माग्न पनि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell