PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रेणु यादवको नेतृत्वमा सात सांसदले फुटाए समाजवादी पार्टी, कुन दल होला पहिले दर्ता?



पहिलोपोस्ट

रेणु यादवको नेतृत्वमा सात सांसदले फुटाए समाजवादी पार्टी, कुन दल होला पहिले दर्ता?

काठमाडौँः समाजवादी पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको हो। यादवकै अग्रसरतामा बुधबार साँझदेखि परामर्श भएको थियो। 

यादवलाई रोक्न समाजवादीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले कसरत गरे पनि सम्भव भएन। फुट निश्चित भएपछि बुधबार राति नै समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणमा समझदारी भइसकेको छ। 

स्रोतका अनुसार यादवको नेतृत्वमा मोहम्मद ईस्तियाक राई, डा. सुरेन्द्रकुमार यादव, उमाशंकर अरगरिया, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र प्रदीप यादव नयाँ पार्टीमा आवद्ध हुनेछन्। 

‘हामीले नयाँ दल दर्ताको निर्णय लिएका छौँ। बिहीबार दल दर्ता हुन्छ। प्रचलित कानुनले तोकेको ४० प्रतिशत हाम्रो पुग्छ।’ एक सांसदले भने। 
ती सांसदले दलको नाम लगायतका सबै विषय टुंगिए पनि केही प्राविधिक विषय मिलाउन बाँकी रहेको बताए। 

हालै जारी अध्यादेश अनुसार दलको मान्यता पाउन केन्द्रीय सदस्य वा सांसदमध्ये ४० प्रतिशत आवश्यक छ। समाजवादीमा हाल १७ सांसद छन् ७ जनाले ४० प्रतिशत पुग्छ। तर, नवगठित जनता समाजवादी पार्टी, नेपालभन्दा पहिले नयाँ दल दर्ता हुनुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell