PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मानिसमा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै जर्मनी, मास्कको प्रयोग पनि अनिवार्य



पहिलोपोस्ट

 मानिसमा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै जर्मनी, मास्कको प्रयोग पनि अनिवार्य
Getty Images

जर्मनीका सबै राज्यमा मास्कको प्रयोग अनिवार्य बनाउने घोषणा भएको छ। कोरोना भाइरस संक्रमणविरुद्ध लड्न उक्त निर्णय भएको हो।

जर्मनी भरका सार्वजनिक सवारी साधनमा र सपिङ सेन्टरहरुमा मास्कको प्रयोग गर्नु पर्नेछ।

१६ राज्य मध्य ब्रेमेनले मात्र यस निर्णयमा समर्थन जनाउन बाँकी रहेको छ। शुक्रबार यस विषयमा निर्णय हुने बीबीसीमा जनाइएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि विभिन्न देशले मास्कको प्रयोग फरक ढङ्गले गर्दै आएका छन्। अस्ट्रियाले अप्रिलको सुरुवातमै सपिङ गर्दा मास्कको प्रयोग अनिवार्य बनाएको थियो। त्यस्तै चेक रिपब्लिक र स्लोभाकियामा पनि मास्कको प्रयोग प्रोत्साहित गरिएको छ।

केही समय अघि स्वीजरल्यान्डले पनि मास्क अनिवार्य पारेको थियो। तर, बुधबार मात्रै त्यहाँ सबैले मास्क लगाउनु नपर्ने बताइयो। एक स्वीस मिडियासँग राष्ट्रपतिले सिमोनेटा सोम्मारुगाले भनिन्,'मास्कले काम गर्दैन।' उनले सबै क्षेत्र र अवस्था उस्तै नहुने भएकाले सीमित उद्योग, कल कारखानामा मात्र मास्कको प्रयोग बढाउने बताएकी थिइन्।

कपाल काट्ने ठाउँमा अनिवार्य पारिए पनि सार्वजनिक सवारी साधनमा के गर्ने? अन्यौलता रहेको बताइन्। उनले स्वास्थ्यकर्मी र प्रशासनसँगको सल्लाहपछि निर्णय सुनाउने बताइन्।  

जर्मनीका पनि सबै राज्यमा उस्तै नियम भने लागू हुँदैनन्। बर्लिनमा सपिङका क्रममा मास्क इच्छाएको व्यक्तिले मात्र लगाउन पाउँनेछन्। यातायात सेवा प्रयोग गर्दा भने अनिवार्य गरिएको छ।

नियम उलङ्घन गर्दाका सजायहरु भने घोषणा भइसकेका छैनन्।

जर्मनीको रोबर्ट कोच इन्सटिच्युटका अनुसार हालसम्म  १ लाख ४५ हजार ६ सय ९४ कोरोना संक्रमित पुष्टि भएको जनाएको छ। त्यस्तै संक्रमणकै कारण ४ हजार ८ सय ७९ को मृत्यु भएको छ। तर जोन्स होप्किन्स युनिभर्सिटीले भने ५ हजार १ सय १७ मृत्यु संख्या उल्लेख गरेको छ।

बुधबार मात्र २ सय ८१ जना नयाँ संक्रमित भेटिएका हुन्। जुन संख्या मंगलबार १ सय ९४ मात्र थियो।

बुधबार नै जर्मनीले कोभिड-१९ विरुद्धको भ्याक्सिनको मानव परीक्षणका लागि सहमती जनाएको छ। १८ देखि ५५ वर्ष उमेर समूहका करिव २ सय स्वयं सेवक यस क्लिनिकल ट्रायलमा सहभागी हुनेछन्। उक्त भ्याक्सिनलाई अमेरिकी औषधी कम्पनी पीफाइजर र जर्मन कम्पनी बायोन्टेकले उत्पादन गरेका हुन्।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले बिहीवार नै उक्त भ्याक्सिन मानवमा परीक्षण गर्न सुरु गर्नेछन्। अमेरिकाको वासिङटनस्थित सिट्टेलमा पनि भ्याक्सिनको ट्रायल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell