
नोवेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री जोसेफ स्टिग्लेट्जले अमेरिकाले कुनै तेस्रो दूनियाँको देशले सरह कोरोना भाइसविरुद्धको लडाइ जारी राखेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यङ्ग्य गर्दै भने,'लाखौं अमेरिकी खानका लागि फुड बैंक बाहिर उभिएका छन्। पैसाको अभावका कारण धेरै बेरोजगारी भत्ताको आवेदन भर्दैछन्। स्वास्थ्य सेवामा असमानतका कारण मानिसहरु मरिरहेका छन्। जे होस् अमेरिका भाइरसविरुध लड्दै छ।'
जोसेफका अनुसार भोक र अभावका कारण फुड बैंक पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ। साथै देशमा आपूर्तीपनि घटेको हो। 'लाग्दैछ अमेरिका कुनै तेस्रो दूनियाँको देश हो। मानिसका लागि आवश्यक कुनै पनि सेवा समेत पर्याप्त छैन', उनले भने। उनका अनुसार राज्यले खानेकुराका लागि लाम लाग्ने १४ प्रतिशत मानिसका लागि समेत खानेकुरा पुर्याउन सकेको छैन।
द एट्लान्टिकका अनुसार एक महिना यता दुई करोड अमेरिकीले रोजगार गुमाएको बताएका छन्। आगामी महिना बेरोजगारीको संख्या हालभन्दा ३० प्रतिशतले बढ्ने उनको दावी छ। भने,'माहामारीले निम्त्याएको यस परिस्थिति र राज्यको असमान व्यवहारले सबैभन्दा बढी गरिब अमेरिकी प्रभावित छन्।'