PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनको एक महिनाः आज बिहान मात्र ८ सय ७२ जना समातिए



पहिलोपोस्ट

लकडाउनको एक महिनाः आज बिहान मात्र ८ सय ७२ जना समातिए

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ८ सय ७२ जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म २ सय २८ जना महिला सहित ८ सय ७२ जनालाई नियन्त्रणमा लिएको हो।

सरकारले लकडाउन घोषणा गरेको आज एक महिना पुरा भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु भएको थियो। त्यसयता प्रहरीले घरबाहिर हिड्नेलाई पक्राउ गर्दै आएको छ।

लकडाउनको समयमा घरबाट निस्कनेलाई प्रहरीले  नियन्त्रणमा लिएर घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ।' यो हाम्रो लागि होइन। आफ्नो र आफ्नो परिवारको लागि हो। त्यसैले घरभित्र नै बस्दिन अनुरोध गर्छौं।' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell