
काठमाडौं : कोभिड-१९ का चीनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। लगातार साता देखि चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन।
यहाँ नयाँ संक्रमितको संख्या पनि घट्दै गएको छ। बुधवार यहाँ १० जना नयां संक्रमित फेला परेका छन्। जसमध्ये ६ वटा इम्पोर्टेड केस हुन्। यो संख्या मंगलवार ३० थियो।
त्यस्तै लक्षणबिहिन संक्रमितको संख्या २७ छ। जुन अघिल्लो दिन मंगलवार ४२ थियो।