PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सुनसान मातातीर्थ : प्रहरीले रोक्दा रोक्दै पुगेका केही स्थानीय गेट र खोल्सामा नै तर्पण दिएर फर्किए

सुनसान मातातीर्थ : प्रहरीले रोक्दा रोक्दै पुगेका केही स्थानीय गेट र खोल्सामा नै तर्पण दिएर फर्किए

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लकडाउन नभएको भए आज चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मानिसको घँइचो हुन्थ्यो। कोही स्नान गरिरहेका हुन्थे त कोही दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिरहेका।

तर, आज मातातीर्थ भने सुनसान देखियो। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनको कारण मेला स्थगन गरिएपछि चहलपहल शुन्य भएको हो। केही स्थानिय भने आमाको सम्झनामा मातातीर्थ नपुगेका भने होइन्। तर उनीहरुले पहिले झैं स्थान, तर्पण दिन भने पाएनन्।

स्नान तथा तर्पण दिन पुगेका मानिसहरु कुण्ड मुल गेटमा नै ताल्चा लगाएपछि  बाहिरबाट नै आमाको सम्झना गरेर फर्किएका थिए। त्यस्तै केहीले भित्र रहेको मुख्य मुलबाट आएको पानीमा नै तर्पण तथा श्राद्ध गरेर फर्किएका थिए।

लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मी स्थानीयलाई नआउनु भन्दै फर्काइरहेका थिए। स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न चन्द्रागिरी नगरपालिकाले सुचना जारी गरेको थियो। अवज्ञा गरी हिँड्नेलाई स्थलगतरूपमा सय रुपैयाँ जरिवाना गरिने नगरपालिकाले जनाएको छ।

वैशाख कृष्ण औँसीका दिन अर्थात् आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell