PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

लकडाउनले नछेकेको सडक प्रर्दशन : 'केपी ओली सत्ताको उन्मादमा! जनता कोरोनाको त्रासमा'

लकडाउनले नछेकेको सडक प्रर्दशन : 'केपी ओली सत्ताको उन्मादमा! जनता कोरोनाको त्रासमा'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघको एक समूहले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

बिहीवार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले प्रदर्शन गरेको हो।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका थिए। 'केपी ‌ओली सत्ताको उन्मादमा! जनता कोरोनाको त्रासमा' लगायत नारा लगाएर विरोध जनाएका हुन्।

नेपाल विद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको विरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ। 

तस्विरहरु : सबिन धमला



ट्रेन्डिङ पोस्ट

Ncell