PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानमन्त्रीको आदेशमा अपहरण गरिएको भनिएका पूर्व राज्यमन्त्री सम्पर्कमा, सहध्यक्ष रेणुको समुहमा जाने नजाने अन्योलमा



पहिलोपोस्ट

प्रधानमन्त्रीको आदेशमा अपहरण गरिएको भनिएका पूर्व राज्यमन्त्री सम्पर्कमा, सहध्यक्ष रेणुको समुहमा जाने नजाने अन्योलमा

काठमाडौं : अपहरण भएको भनिएका समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव सम्पर्कमा आएका छन्। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री यादवसँग सँगै बसेर चिया खाएको फोटो सार्वजनिक गर्दै सम्पर्कमा आएको जानकारी दिएका छन्।

बुधवार आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई जनकपुरबाट अपहरण गरेको आरोप लगाएका थिए।

उनले आज लेखेका छन्, ‘हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के के दु:ख भोग्नुपर्‍यो, प्रमले राति फोनमा के भन्नुभो, बिहान होटलबाट कसरी भागेंँ भनेर विस्तृतमा सुनाउँदै सुरेन्द्र यादवजी!'

अपहरण भएको बाहिर नसेलाउँदै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणको तयारी भइसकेको थियो। राति एकीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। 

एकीकरणपछि जनता समाजवादी पार्टी, नेपालका नामकरण गरिएको छ। पार्टीका नेता अहिले दल दर्ताको लागि आयोगमा पुगेका छन्।

समाजवादी पार्टीबाट असन्तुष्ट सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता गर्ने चर्चा चलेको थियो। रेणुको सात जनाको समुहमा मोहम्मद इस्तियाक राई, डा. सुरेन्द्रकुमार यादव, उमाशंकर अरगरिया, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र प्रदीप यादवको नाम थियो।

तर, उनी रेणुको समहुमा जाने वा नजाने भन्ने अन्योल देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell