PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतमा कोभिड-१९ बाट मृत्यु हुने पहिलो व्यक्तिको कथा : ६ सय किलोमिटर एम्बुलेन्स यात्रापछि हारेका थिए जीवनसँग



पहिलोपोस्ट

भारतमा कोभिड-१९ बाट मृत्यु हुने पहिलो व्यक्तिको कथा : ६ सय किलोमिटर एम्बुलेन्स यात्रापछि हारेका थिए जीवनसँग

आफ्नो अन्तिम तस्विरमा मोहम्मद हुसेन सिद्दिकीले किनारा नभएको टोपी लगाएका छन्। र खैरो कुर्ता लगाएरका उनी क्यामेरा तिर नजर लगाइरहेका छन्।

यो तस्विर फेब्रुअरीको अन्तिम दिनको हो। सिद्धिकी आफ्ना कान्छा छोरासँग एक महिना विताएर साउदी अरेवियाको जेद्दाबाट भर्खरै भारत फर्किएका थिए। उनका छोरा त्यहाँ दन्त चिकित्सकको रुपमा काम गर्छन्।

७६ वर्षिय मुस्लिम विज्ञ तथा न्यायाधीश निकै थकित देखिन्छन्। फिका मुस्कानसहित आफ्ना पारिवारीक सहयोगीले दिएको पुष्पगुच्छा ग्रहण गरिरहेका छन् हैद्रवादको विमानस्थल अगाडि। उनीहरु त्यहाँवाट आफ्नो निजि शेवरलेट सेडान चडेर गुलाबारामा रहेको घरतर्फ लागे। जुन कर्नाटका राज्यको १५० किलोमिटर पर छ। उनीहरुले यात्राका क्रममा बीचमा चिया नास्ता खाए। उनीहरु चार घण्टामा घर पुगे।

'मेरो वुवाले आफू कुशल भएको भन्नु भयो। उहाँ ठिक नै देखिनुहुन्थ्यो। उहाँ भाइ र भाइको परिवाससँग एक महिना विताउनु भएको थियो,' उनका जेठा छोरा हमिद फैसल सिद्दिकीले भने। 

तर १० दिन पछि उनका बुवाको मृत्यु भयो- कोभिड-१९ बाट भारतमा मृत्यु हुने पहिलो ब्यक्तिको रुपमा।

साउदीबाट फर्किएको एक सातापछि उनी विरामी परे। त्यसकै तीन दिन पछि उनको मृत्यु भयोचलिरहेको एम्बुलेन्समै। यसबीच दुई दिन उनको परिवारले दुई शहरका ४ अस्पतालमा एम्बुलेन्समै दगुराइरह्यो। चार अस्पतालले भर्ना लिन मानेनन्। पाँचौं अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो। जहाँ उनलाई बाटैमा मृत्यु भएको घोषणा गरियो।

उनको मृत्यु भएको एक दिन पछि स्वास्थ्य अधिकारीहरुले उनको मृत्यु कोभिड-१९ का कारण भएको घोषणा गरे।

'हामीलाई अझै पनि विश्वास छैन उहाँ कोभिड-१९ का कारण मर्नु भयो। हामीले अझै मृत्यु प्रमाणपत्र पाएका छैनौं,' जेठा छोरा सिद्धिकीले भने।

धेरै कुराले उनको बुवाको मृत्युले भारतमा कोभिड-१९ का विरामीहरुको उपचारमा देखिएको अराजकता, असमन्जस्यतालाई उजागर गरेको छ।

सिद्धिकी फर्किने बेलामा ठीकै थिए। गुलबार्गामा रहेको दुई तले घरमा आफ्ना जेठा छोरा र उनको परिवारसँग बस्दै आएका थिए।

उनकी श्रीमतीको मृत्यु भएपछि उनले पाँच वर्ग अगाडि आफ्नो जागिर छाडेका थिए। उनकी श्रीमतिको मृत्यु क्यान्सरका कारण भएको थियो। उनी सँधै आफ्नो कार्यालयको कोठामा किताबसँगै भुलिरहेका हुन्थे-उनलाई नजिकबाट चिन्नेहरु सम्झन्छन्।

उनी यहाँको स्थानीय मस्कको हेरचाह गर्ने व्यक्ति थिए। उनी अध्येता थिए- उनका साथी गुलाम गोउसेले सम्झिए।

उनले मार्च ७ को रात आफूलाई असहज महसुस भएको बताएका थिए। अर्को विहान सवेरै उठे। असहज खोकिरहेका थिए। पानी मागे।

उनको परिवारिक चिकित्सक ६३ वर्षिय स्वास्थ्यकर्मी उनको घरमा आए। सामान्य चेक गरे र चिसोको औषधी दिए र गए। खोकी बढ्दै गयो। राती राम्रोसँग सुत्न सकेनन्। उनमा ज्वरो पनि आयो। मार्च ९ को विहान उनको परिवारले गुल्बर्गाको एक निजि अस्पतालमा पुर्‍याए। त्यहाँ उनलाई १२ घण्टा निगरानीमा राखिए।

यहीँदेखि कुरा विग्रियो।

अस्पतालले उनको परिवारलाई निमोनियाले दुबै फोक्सो खराब भएको भन्दै डिस्चार्ज गरेको पूर्जी थमायो। उनलाई जाँच गर्ने चिकित्सकले विरामीलाई हाइपरटेन्सन भएकोसमेत लेखिदिए। उनलाई हैद्रवादमा विशेष सुविधासहितको अस्पतालमा लैजान सुझाव दिए। तर, कोभिड-१९ को शंकास्पद विरामी भनेर उल्लेख गरेनन्।

यद्दपी उनको मृत्युपछि भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा गुल्बार्गा अस्पताले नै कोभिड-१९ को संकास्पद विरामी भनेर उल्लेख गरेको दाबी गरिएको छ।

वक्तव्यमा उनको श्वाव पनि सोही अस्पतालबाट ल्याइएको दाबी पनि गरिएको र त्याँबाट बैंग्लोरको अस्पतालमा परीक्षणका लागि पठाइएको उल्लेख छ। वक्तव्यमा उनको परिवारलाई दोष दिइएको छ- परीक्षणको नतिजा नकुरी गुल्बर्गा अस्पतालबाट विरामी लगेको।

'विरामीका कुरुवाहरु विरामीलाई डिस्चार्ज गर्न हतारिए। र विरामी डिस्चार्ज गरिए। आफन्तले हैद्रवादको निजि अस्पतालमा पुर्‍याए,' वक्तव्यमा भनिएको छ।

उनका जेठा छोराले भने आफूमाथि किन आक्षेप लागिरहेको नबुझेको बताए। 'यदी उनीहरुले यही राख्न भनेको भए हामीले राख्थ्यौं। किन निजि अस्पतालमा जैजान्थ्यौँ र? हामी अस्पतालमा किन गयौं अस्पतालले के भन्यो हामीसँग प्रमाण छ,' हमिदले भने।

तर जिल्लाका सरकारी अधिकारीले भने उनको परिवारलाई स्थानीय सरकारी अस्पतालमा लैजान भनिएको दाबी गरे। जुन कोभिड-१९ का लागि भने तोकिएको थियो। 'परिवारका सदस्यहरु उनलाई टाढा लैजाने हतार थियो,' ती अधिकारीले भने।

मार्च १० को साँझ सिद्दिकीलाई स्टेचरबाट बाहिर निकालियो र एम्बुलेन्समा हालियो। स्वास्थ्यकर्मीले अक्सिजन दिए। उनका छोरा छोरी र ज्वाइँ उनीसँगै बसे। एम्बुलेन्स साइरन बजाउँदै रातभर कुद्यो। विहान मात्र हैद्रवाद पुग्यो। हैद्रवादमा एम्बुलेन्स एक अस्पताल देखि अर्को अस्पताल पुग्यो तर कसैले पनि सिद्दिकीलाई भर्ना लिन मानेनन्।

न्युरोलोजिकल क्लिनिकले भर्ना लिन मानेन। हैद्रवादको सरकारी अस्पतालमा लैजान भनियो। कोभिड-१९ कै लागि तोकिएको अस्पतालमा पुर्‍याइयो। एक घण्टासम्म परिवारले उनलाई एम्बुलेन्समै राखे। तर चिकित्सकहरु आएनन्। अझ को पनि आएनन्। त्यसपछि एम्बुलेन्स अर्को अस्पतालका लागि कुद्यो।

एम्वुलेन्समा सिद्दिकी विस्तारै अस्ताउँदै थिए। उनलाई विशेष सुविधासहितको अस्पताल पुर्‍याइयो। अस्पतालमा चिकित्सकहरुले दुई घण्टा परीक्षण गरे। विरामीले दुई दिनदेखि खोकीरहेको, श्वास फेर्न गाह्रो भएको भन्दै टिप्पणी उठाए।

उनलाई पारासिटामोल, नेवुलिस दिइयो। आइभि फ्लुड चढाइयो। थप परीक्षणका लागि भर्ना गर्न सुझाव दिइयो।

तर, अस्पतालले डिस्चार्ज नोट थमाइदियो। जहाँ लेखिएको थियो- विरामीका आफन्तहरु थप उपचारका लागि विरामीलाई भर्ना गर्न चाहेनन्।

उनको परिवारले यो कुरा सत्य नभएको दाबी गर्दै आएका छन्। उनको परिवारले सो अस्पतालबाट सरकारी अस्पतालमा लैजान र कोरोना भाइरस परीक्षण पछि मात्र ल्याउन भनेको दाबी गर्दै आएको छ।

'हामी के गर्ने भन्ने द्विविधामा पुग्यौ। पुन गुल्बर्गामै फेकाउने योजना बनायौं,' उनकोपरिवारका एक सदस्यले भने।

गुल्बर्गाका लागि एम्बुलेन्स फर्किँदै थियो। अर्को विहान सिद्दिकीले श्वास लिन छाडे। ६०० किलोमिटर एम्बुलेन्समा यात्रा गरेपछि उनले जीवन देखि हार खाए।

'विरामीलाई लक्षण देखिएपछि मृत्यु हुँदासम्म कुनै पनि सरकारी सुविधा लिएका छैनन्,' उनको मृत्युपछिको सरकारी रिपोर्टमा भनिएको छ।

अर्को दिन मात्र उनका छोराले थाहा पाए- उनका पिता भारतमा कोरोना भाइरसका करण मृत्यु हुने पहिलो व्यक्ति बने। त्यो पनि टिभीमा आएको समाचारबाट। उनीहरुले आफ्नै परिवारको समाधीस्थलमा चुपचाप अन्तेष्टि गरे।

सिद्दिको मृत्युपछि गुल्बर्गामा २० केस दर्ता भएका छन्। थप दुई जनाको मृत्यु भएको छ। उनकी ४५ वर्षिया छोरी र परिवारका चिकित्सकलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनीहरु उपचार पछि फर्किएका छन्। एक हजार २४० जना भन्दा बढी अस्पतालमा अथवा घरमा आइसोलेसनमा राखिएको छ। सोमवार विहानसम्म एक हजार ६१६ जनाको परीक्षण भएको छ।

'मलाई अलिकति पानी दे म तिर्खएको छु। मलाई घर लैजा,' अन्तिम रात सिद्दिकीले आफ्ना छोरालाई भनेका थिए। उनको परिवार घर त फर्किए। तर, सिद्दिकीको अन्तिम इच्छा पूरा गर्न सकेनन्। एम्वुलेन्समै सिद्दिकी संसारबाट बिदा भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell