PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एकीकृत दल दर्ता गर्न निर्वाचन आयोगलाई ४५ दिनसम्मको समय, यस्तो हुनेछ प्रक्रिया



पहिलोपोस्ट

एकीकृत दल दर्ता गर्न निर्वाचन आयोगलाई ४५ दिनसम्मको समय, यस्तो हुनेछ प्रक्रिया

काठमाडौं : मध्यरातबाट सुरु भएको राजनीतिको लिगलिगे दौडको निर्णय अब निर्वाचन आयोगको पोल्टामा पुगेको छ। फुटको त्रासबाट जुटेका जनता समाजवादी पार्टी नेपालले दर्ताको प्रक्रिया अघि बढाएको छ।

के हुन्छ प्रक्रिया

एकीकृत दल दर्ताका लागि अन्य सरह नै प्रक्रिया छ।

दर्ता प्रक्रियाका लागि घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमूना, कम्तीमा पाँचसय जना मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपी सहितको हस्ताक्षर पनि आवश्यक पर्नेछ।

आयोगमा पेस गरिएका कागजातमा आयोगले थप अध्ययन गर्न र सनाखतका लागि समेत बोलाउन सक्नेछ। थप कुनै विवरण वा कागजात माग गर्न पनि आयोगले सक्नेछ।

सम्पूर्ण कागजात जाँचपछि दर्तायोग्य देखिएमा ४५ दिनभित्र आयोगले निवेदकलाई जानकारी दिनुपर्नेछ।

दल दर्ता नहुने

आयोगले दलको नाम, उद्देश्य, चिन्ह, झण्डा, विधान, नियमावली तथा काम, कारबाही संविधान विपरीत ठहर गरेमा दर्ता अस्वीकार हुन सक्नेछ। दलको सदस्यता प्राप्त गर्न नागरिकलाई धर्म, जातजाति, सम्प्रदाय, भाषा वा लिङ्गको आधारमा बन्देज लगाइए पनि दल दर्ता हुने छैन।

दलको नाम तथा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा, धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा पनि दल दर्ता हुने छैन। आयोगले तोकेका अन्य प्रक्रिया पूरा नगरेमा पनि दल दर्ता हुने छैन।

एकीकृत दल दर्ताको प्रक्रिया र समयावधि पनि एकै लागू हुनेछ।

एकीकरण हुन चाहने दलले पनि सम्झौता भएको ४५ दिनभित्र एकीकृत दलको विधान, केन्द्रीय समितिको निर्णय समेत पेस गर्नुपर्नेछ। एकीकृत दल दर्ता गर्ने वा नगर्ने निर्णय पनि आयोगले ४५ दिनभित्र आवश्यक सनाखतको प्रक्रिया पूरा गरेपछि गर्न सक्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell