PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दल दर्ताका लागि आयोग पुगेका शरतसिंहले भने : प्रधानमन्त्रीलाई धन्यवाद, लकडाउनले ढिला भएको थियो, अध्यादेशले जुटायो



कुञ्जरमणि भट्टराई

दल दर्ताका लागि आयोग पुगेका शरतसिंहले भने : प्रधानमन्त्रीलाई धन्यवाद, लकडाउनले ढिला भएको थियो, अध्यादेशले जुटायो

काठमाडौं : बुधवार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणपछि बनेको 'जनता समाजवादी पार्टी नेपाल'का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

बिहान १० बजे अगाडि नै पार्टीका सात जना केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको प्रकृया सुरु गरेका थिए। अहिले निर्वाचन आयोगमा नेताहरु पुग्ने क्रम जारी छ।

यसैबीच नेताहरुले अध्यादेशका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्।

'अध्यादेश जारी गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद। लकडाउनले ढिला भइरहेको थियो फुट होइन् जुट्यो,' आयोग पुगेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले संक्षिप्त प्रतिक्रिया दिए।

बधुवार राति समाजवादीका उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले पार्टी एकीकरण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

यता समाजवादी पार्टी नेपालका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। तर, उनीहरु निर्वाचन आयोग पुगिसकेका छैनन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारी उनीहरुले गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell