PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भक्तपुरको हनुमानघाटमा आमाको सम्झना

भक्तपुरको हनुमानघाटमा आमाको सम्झना

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन। मातातीर्थ औसींका रुपमा मनाइने यस पर्वमा उपत्यकाका विभिन्न स्थलमा दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गर्ने गरिन्छ। तर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भन्दै सरकारले लकडाउन गरेसँगै आज विभिन्न स्थानमा लाग्ने मेला स्थगन भयो।

यता भक्तपुरको हनुमानघाटमा पनि आज पहिला भन्दा कम चहलपहल देखियो। बिहानको समयमा भने केही व्यक्ति आमाको सम्झनामा बत्ती बाल्ने र पिण्ड दान गर्ने हनुमानघाट पुगेका थिए। केही भने हनुमानघाटमा स्नान गरिरहेका देखिए।

भक्तपुर नगरपालिकाले मातातीर्थ औंसीका दिन आफ्नो र समाजको स्वास्थ्य र कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर घरबाट ननिस्किन सामान्य रुपमै आमाको मुख हेर्ने पर्व सम्पन्न गर्न नगरबासीहरुमा आग्रह  गरेको थियो। नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीहरु स्वस्थ रहे चाडपर्व फेरि पनि मनाउन सकिने भन्दै सबैलाई घरभित्रै बस्न आग्रह गरेका  हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell