काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै राजनीतिक गर्मा गर्मी चर्कियो। राजनीतिक गर्मागर्मीका बीच समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव 'अपहरण'को चर्चा सुरु भयो।
उनको अपहरणको हल्लासँगै समाजवादी पार्टीका सात सांसदले नयाँ दल दर्ता गर्ने तयारी गरे। सरकारले ल्याएको अध्यादेशमै टेकेर नयाँ दल दर्ताका लागि समाजवादी पार्टीका सहअध्यसमेत रहेकी रेणु यादवले नेतृत्व गर्दै सांसदको हस्ताक्षर सहित सभामुखलाई जानकारी गराइन्।
यो गर्मागर्मीबीच समाजवादी पार्टी फुट्ने निश्चित भयो। यो फुटलाई जोगाउनका लागि पनि डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवलाई दबाब पर्यो। यही दबाबकाबीच राजपा नेपालका नेताहरुबीच छलफल भयो। छलफलको निष्कर्ष जनता समाजवादी पार्टी बन्यो।
अझै दल फुटको सम्भावना भने बाँकी नै थियो। निर्वाचन आयोगमा यो दल दर्ताका को जान्छ भन्ने? यसै मेलोमा संघीय समाजवादी पार्टीका केही सांसद मेरियट होटेलमा रहेको जानकारी पाएपछि समाजवादी पार्टीका महासचिवसमेत रहेका गंगा श्रेष्ठ केही नेताहरुसहित त्यहाँ पुगे।
सुनौं मेरियटमा के भयो उनकै शब्दमा:
त्यहाँ राति नै हामीलाई एउटा खबर आएको थियो- मेरियट होटलमा तपाईँका सांसदहरुलाई लगेर राखिएको छ भन्ने। राति राति त जाने कुरा भएन्। बिहान गएको थिएँ के रहेछ बुझौं भनेर। होटलमा बाहिर गेटमा नै रोक्यो।
उनीहरुलाई पहिले नै सिकाइएको रहेछ कोही आए भने भित्र आउन नदिनु। नयाँ मान्छे आए भने भित्र आउन नदिनु भन्या रहेछ। हामीलाई भित्र जान दिएन्। छिर्न नदिएपछि जबरजस्ती गर्ने कुरा आएन्। हामी होटेल बाहिरै बस्यौं। म साढे ८ मा मेरियट पुगेको थिएँ।
आधि घण्टा जति यता उता गर्यौं। खासमा आङकाजी जी र म लगायतका पाँच छ जना थियौं। पार्टीको महासचिव भएको हुनाले तपाईँहरुलाई जबरजस्ती गर्या हो की तपाईँहरु आफ्नै स्वइच्छाले आउनु भएको हो? बुझ्न त पर्यो नी त? त्यही बुझ्नका लागि भनेर गएका थियौं।
९ बजे तिर रातो कारमा हालेर घर्याङघुरुङ भगाए। भगाइसकेपछि। हामी पनि फर्किन पर्यो भनेर लाग्दै थियौं। प्रहरी आएर हामीलाई घेरा हाली हाले। लाठी चार्ज गर्ने तयारी पनि गर्दै थिए। त्यसो त गरेनन्। हामी संयमित भएर कुराकानी गर्यौं। हामीले पनि उनीहरुले जस्तै व्यवहार गरेको भए झडप भइहाल्थ्यो।
हामी पाँच सात जना थियौं। उनीहरु १५/२० जना गुटुङटुङ भ्यानमा आएर हामीहरुलाई हामीलाई १० मिनेट जति कब्जामा लिए। माथिको के आदेश आयो कुन्नी सरहरु जानुस भनेर छाडिदिए। त्यहाँबाट हिँड्यौं हामीहरु।
भित्र हामीलाई भित्र जान दिएन्। त्यहाँ दुई जना (सांसद) रातो कारमा चढ्दै गरेको देख्यौं। एकजना कल्लु देवि विश्वकर्मासँग उहाँको श्रीमान दानबहादुर विक उहाँ चाँही सांसद होइन्। त्यस्तै उमाशंकर अर्गरिया भन्ने सांसद हुनुहुन्थ्यो। अरु हामीले देखेनौं।
महेशहरुले भगाएको हो। कार कसको हो थाहा भएन्। रातो कारमा चढाएको छ। हाम्रो सम्पर्कमा सबै हुनुहुन्थ्यो।
हिजो राती १२ बजे कलु देवी विकले साइन गरेर मलाई मेरो म्यासेन्जरमा मेरो विरुद्ध प्रचार भयो। पार्टी फुटाउने पक्षमा होइन भनेर उहाँले मलाई म्यासेन्जरमा म्यासेज गर्नुभयो। आफ्नो स्वतन्त्रता पूर्वक निर्णय गर्न दिएन भन्ने त पुष्टि भयो नी त। आफ्नो स्वतन्त्रता प्रयोग गर्न दिएन भन्ने त भयो नी त? उहाँलाई जबरजस्ती थुनेर त राखियो नी त हामीलाई भेट्न पनि त दिइएन नी त?