PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

क्राइम थ्रिलर 'रेड'को सिक्वेल बन्दै, लकडाउन बीच स्क्रिप्ट लेखन जारी



पहिलोपोस्ट

क्राइम थ्रिलर 'रेड'को सिक्वेल बन्दै, लकडाउन बीच स्क्रिप्ट लेखन जारी

अजय देवगण फिल्म 'रेड'को सिक्वेलमार्फत् पर्दामा देखिने भएका छन्। सत्य घटनामा आधारित उक्त फिल्मको हाल पटकथा लेखन जारी छ। अजयले क्राइम थ्रिलर रेडको पहिलो संस्करणमा आइआरएस अधिकारी अमय पटनायकको भूमिका निर्वाह गरेका थिए।

मुम्बई मिररले जनाए अनुसार फिल्मले ती अधिकारीको कथा भन्नेछ जो अपराधी पत्ता लगाउनका लागि जासुसी एजेन्सीहरुसँग मिलेर काम गर्छन्।

टि सिरिजका भुषण कुमारले पनि लकडाउन बीच 'रेड २'को लेखन कार्य अघि बढेको बताए। भनेका छन्,'पहिलो संस्करण रुचाइएकै कारण सिक्वेलमा काम गर्न थालेका हौं। अजय जी म र कुमार मंगत फेरि एक पटक सँगै काम गर्ने भएका छौं।'

उनले 'तान्हाजी'को सफलतापछि अजयसँगको सहकार्य चुनौती बनेको समेत बताए। भने,'दर्शक निराश बनाउने काम गर्नु हुन्न। उनीहरुको अपेक्षा पूरा गर्नुपर्छ।'

'तान्हाजी' ब्लकबस्टर भएको थियो। उक्त फिल्मले इन्डियामा मात्रै दुई सय करोड ७९ लाख बक्सअफिस कलेक्सन गरेको थियो।

आगामी दुई वर्षसम्मका लागि अजय 'भुज : द प्राइड अफ इन्डिया', 'थ्याङ्क गड', 'कैथी'को रिमेक र 'चाणक्य'का लागि पनि व्यस्त रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell