PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

दुई इन्सपेक्टर मिलेर गुल्मपति डिएसपीलाई कुटे, एसपीको नेतृत्वमा छानबिन टोली



पहिलोपोस्ट

दुई इन्सपेक्टर मिलेर गुल्मपति डिएसपीलाई कुटे, एसपीको नेतृत्वमा छानबिन टोली

काठमाडौं : सशस्त्र प्रहरी बलका डिएसपी कुटिएका छन्।

रुपन्देहीस्थित गुल्मपति डिएसपी मानबहादुर शाही ब्यारेक भित्र नै आफ्नै मातहतका प्रहरीबाट कुटिएका हुन्। प्रहरी निरीक्षक केशव भट्टराई र दयाराम पौडेलले डिएसपीलाई कुटपिट गरेका थिए।

'अनुशासनहिन काम गरेको पाइयो। घटनाको छानबिनपछि कारवाही हुन्छ', सशस्त्र प्रहरीका प्रवक्ता प्रविन कुमार श्रेष्ठले भने।

मदिरा सेवन गरेर मंगलवार राति उनीहरुले डिएसपी शाहीलाई कुटपिट गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान गर्ने सशस्त्र प्रहरीले एसपी तेजप्रसाद पोखरेलको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell