PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मातातीर्थ औंसीमा केकीले लेखिन् आमालाई पत्र, भन्छिन् : अक्षर त भसक्कै भइगएछ



पहिलोपोस्ट

मातातीर्थ औंसीमा केकीले लेखिन् आमालाई पत्र, भन्छिन् : अक्षर त भसक्कै भइगएछ

काठमाडौं : अभिनेत्री केकी अधिकारीले आमा लक्ष्मी अधिकारीलाई सम्बोधन गर्दै चिट्ठी लेखेकी छिन्। उनले मातातीर्थ औंसीको अवसरमा आमालाई उनको समर्पण र स्नेहका लागि धन्यवाद व्यक्त गर्दै पत्र लेखेकी हुन्।

हातैले लेखेको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै केकीले भनेकी छिन् – 'नाटकीय लाग्न सक्छ। तर मैले आफ्नो भावनालाई चिट्ठीको स्वरुप दिने कोसिस गरेकी हुँ।' उनले उक्त पत्रका कारण आफ्नी आमा खुशी भएको समेत जनाएकी छिन्।

पत्रमा लेखेकी छिन् – २३ वर्षको उमेरमा विवाह गरेपछि आफ्नो जीवन हाम्रो परिवारका लागि समर्पण गर्नुभयो। हामी सजिलै लिइदिन्छौं। तर, म आमा हुँ। आमाको कुनै सपना हुँदैन भन्ने पंक्तीले भने साह्रै छुन्छ।

उनले आमालाई सधैं खुशी राख्न सकौं भन्ने कामना समेत गरेकी छिन्। लेखेकी छिन्,'त्यो कोखको साख राख्न सकौं।' 

पत्र सेयर गर्दै लेखेको स्टाटसमा उनले आफ्नो अक्षरको प्रसङ्ग पनि जोडेकी छिन्। लेख्ने बानी छुटेको जनाउँदै भन्छिन्,'बुझ्नु भएन भने सोध्नु है, म पल्लो कोठामै छु आमा।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell