PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सामाजिक सञ्जाल प्रयोगमा प्रहरी कर्मचारीलाई कडाइ, अनावश्यक ग्रुपबाट तत्काल हट्न निर्देशन



पहिलोपोस्ट

सामाजिक सञ्जाल प्रयोगमा प्रहरी कर्मचारीलाई कडाइ, अनावश्यक ग्रुपबाट तत्काल हट्न निर्देशन

काठमाडौँः प्रहरी प्रधान कार्यालयले सबै तहका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ। सामाजिक सञ्जालमा बनाइएका विभिन्न ग्रुपहरुमा आवद्धता नहुन पनि निर्देशन निर्देशन दिइएको छ। 

प्रधान कार्यालयले आफू मातहतका सबै विभाग, ब्यूरो, निर्देशनालय, प्रहरी अस्पताल, प्रदेश कार्यालय तथा संघीय प्रहरी इकाई कार्यालयलाई यस्ता कार्यको अनुगमन र कारबाहीका लागि निर्देशन दिएको छ। सामाजिक सञ्जाल व्यवस्थित प्रयोगसम्बन्धी गाइडलाइन्स् र नेपाल प्रहरीको सञ्चारमाध्यम सम्बन्धी नीतिको पालना अनुरुपमात्र काम गर्न निर्देशन दिइएको हो। 

निर्देशनमा प्रधान कार्यालय फेसबुक म्यासेन्जर, ट्वीटर, भाइबर, लगायतमा स्थापित ग्रुपमा सदस्य रहेकाहरुलाई ग्रुपबाट हट्न पनि उल्लेख छ।

यस्तै सञ्चारमाध्यम सम्बन्धी नीति अनुसार जिम्मेवारी प्राप्त व्यक्तिले मात्र मिडियासँग सम्बन्ध स्थापित गर्न पनि निर्देशनमा भनिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell