PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उदयपुर र सर्लाहीमा थपिए दुई कोरोना संक्रमित, सनसिटीका दुबै संक्रमित डिस्चार्ज



पहिलोपोस्ट

उदयपुर र सर्लाहीमा थपिए दुई कोरोना संक्रमित, सनसिटीका दुबै संक्रमित डिस्चार्ज

काठमाडौँः नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र सर्लाहीमा एक/एक संक्रमित फेला परेका हुन्।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा संक्रमित थपिएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र सर्लाहीका  १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो। संक्रमितको संख्या ४७ पुगेको छ।।

यस्तै बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको छ। पेप्सीकोलाको सिनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलालाई घर पठाइएको हो।

उपचारपछि घर फर्कनेको संख्या ९ पुगेको छ।

बिहीबारसम्म ४३ हजार ७२२ को कोरोना परिक्षण गरिएको छ। पीसीआर र र्‍यापिड टेस्टबाट उक्त संख्यामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमा ९ हजार १९९ पीसीआर र  ३४ हजार ९८२ को र्‍यापिड टेस्ट भएको छ। हालसम्म १२ हजार ५७३ क्वारेन्टाइनमा रहेका छन्। ८६ जना आइसोलेसनमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell