PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मुख्यमन्त्री लालबाबु राउत काठमाडौंमा, उनका निकटतम शेख समीम भने वीरगंजबाट पक्राउ



राधेश्याम पटेल

मुख्यमन्त्री लालबाबु राउत काठमाडौंमा, उनका निकटतम शेख समीम भने वीरगंजबाट पक्राउ

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका निकटतम मानिएका वीरगंजका समाजवादी पार्टीका नेता शेख समिमलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेको छ। पर्सा प्रहरीको सहयोगमा बुधवार राति निजको वीरगंज–२ छपकैया घरबाट पक्राउ गरिएको हो। मुख्यमन्त्रीका क्षेत्रीय प्रतिनिधिसमेत रहेका समिमलाई छापा हानी राति ८ बजे पक्राउ गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ।

राजश्वले पठाएको पत्रको अधारमा पर्सा प्रहरीले उनलाई राति बोलाउदा घरबाट ननिस्केपछि उनको घरको ढोका भत्काएर समाएिको हो।

राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले पक्राउको पुष्टि गरे। बिसीले भने, ‘एक जना मान्छेलाई ल्याइएको छ, उनी मुख्यमन्त्रीका मान्छे हुन् कि अर्कै हुन् थाहा भएन, हेर्दैछौ। भोलिमात्र यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्न सकिन्छ।’

पर्साकी एसपी गंगा पन्तले राजश्वको पत्रको अधारमा नियन्त्रणमा लिइएको बताइन्। उनले भनिन्,‘हामीले धेरै कुरा बोल्न मिल्दैन, राजश्वसँग बुझनुस् ।’ समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मीले वीरगंज १ छपकैयाका शेख समिमलाई समात्नु पर्नेमा वडा नं २ का शेखलाई समातिएको दावी गरे। मुख्यमन्त्री राउत भने अहिले पार्टी एकीकरणका लागि काठमाडौं खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell