PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

सुदूरपश्चिममा चौथो कोरोना संक्रमित कोरोनालाई जितेर फर्किइन् घर



एम बम

सुदूरपश्चिममा चौथो कोरोना संक्रमित कोरोनालाई जितेर फर्किइन् घर

कैलाली : सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला बिहीवार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अब धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिलामात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell