PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

बिहीवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३६१ जना प्रहरीको कारबाहीमा



पहिलोपोस्ट

बिहीवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३६१ जना प्रहरीको कारबाहीमा
फाइल फोटो।

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने २ सय ८४ जना महिलासहित १ हजार ३६१ जना प्रहरीको कारबाहीमा परेका छन्। बिहीवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी, ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी ५ सय ४८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्ण देशको सुरक्षाको लागि गरिएकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell