PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

सामूहिक विष सेवन गर्दा एकै परिवारका २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर



राधेश्याम पटेल

सामूहिक विष सेवन गर्दा एकै परिवारका २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

वीरगंज : सामूहिक विष सेवन गरी रौतहटका एकै परिवारका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ निवासी रामलाल महतो कोइरीकी ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलवार राति १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनीकुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको प्रहरीले जनाएको छ। विष सेवनपछि अवस्था गम्भीर भएको र परिवारले थाहा पाएलगत्तै तीनै जनालाई मौलापुरको एक क्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा आमा सोनावती र छोरी सोनी कुमारीको बुधवार मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा रहेका छोरा दिपकको भने उपचार भइरहेको छ। घरायसी विवादको क्रममा सोनावतीले छोरा छोरीलाई खानामा विष मिसाई खुवाएर आफूले समेत विष सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell