PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

वैशाख १५ पछि लकडाउन कस्तो हुन्छ? सरकारका प्रवक्ता भन्छन्, ‘छिमेकी मुलुकको जोखिम नहेरी एकपक्षीय निर्णय हुँदैन’ 



पहिलोपोस्ट

वैशाख १५ पछि लकडाउन कस्तो हुन्छ? सरकारका प्रवक्ता भन्छन्, ‘छिमेकी मुलुकको जोखिम नहेरी एकपक्षीय निर्णय हुँदैन’ 

काठमाडौँः जारी लकडाउनको मोडालिटी तत्काल परिवर्तन नहुने संकेत सरकारले गरेको छ। सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले नागरिकको जीवन रक्षा सकारको पहिलो प्राथमिकता रहेको भन्दै समग्र परिस्थिति विश्लेषण गरेरमात्र समीक्षा गरिने बताए।

मन्त्रिपरिषदको वैशाख ८ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नमा मन्त्री खतिवडाले छिमेकी मुलुकको समेत जोखिमको अवस्था हेरेर निर्णय लिइने बताए। जोखिममुक्त भएपछि मात्र लकडाउन पूर्ण रुपमा हट्ने पनि उनले स्पष्ट पारे।

मन्त्री खतिवडाले भने, ‘विश्वव्यापी रुपमा संक्रमण फैलिएपछि हामीले अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक आवागमन र नाका समेत बन्द गरेका हौँ। अहिले पूर्ण लकडाउनमा छौँ। छिमेकी मुलुकका जोखिमको अवस्था नहेरेसम्म एकपक्षीय निर्णय हुँदैन। नाकालाई पूर्ण नियन्त्रण नगरिएको भए ठूलो संक्रमण हुन सक्थ्यो। हामी सबैको सर्वपक्षीय सहकार्यले न्यूनीकरण अपेक्षा अनुसार नै छ। अब हामी छिमेकी मुलुकको प्रयास पनि हेछौँ। जोमिमुक्त भएपछि मात्र हामी खोल्छौँ। जीवन रक्षा पहिलो प्राथमिकता हो।

मन्त्री खतिवडाले न्यूनतम आवश्यकता परिपूर्तिको सहजता रहेको बताए। दैनिक अत्यावश्यकीय बस्तुको आपूर्तिमा सहजता रहेको पनि उनको भनाई छ।

असंगठित क्षेत्रका मजदूरका लागि राहतका कार्यक्रम स्थानीय सरकारले जारी राखेको पनि उहाँको भनाई। मजदूरलाई काममा जोड्नेतर्फ सरकारको सोच रहेको उनले बताए।

संगठित क्षेत्रका मजदूरको हकमा पनि रोजगारदातासँग परामर्श जारी रहेको बताए। समस्या साझा रुपमा सम्बोधन गर्न त्रिपक्षीय छलफल भइरहेको खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell