PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कतारले १७ नेपालीलाई दियो आममाफी



रासस

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कतारले १७ नेपालीलाई दियो आममाफी
शेख तमिम बिन हमाद अल थानी, कतारका अमिर। Photo: AP

काठमाडौं : कतारले कोभिड-१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्।

आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन्। लागुऔषध कारोबारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक/एक नेपाली रिहा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell