PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

थप एक जनामा कोरोना संक्रमण पुष्टि, भोजपुरका २६ वर्षीय युवाको परीक्षण पोजेटिभ



पहिलोपोस्ट

थप एक जनामा कोरोना संक्रमण पुष्टि, भोजपुरका २६ वर्षीय युवाको परीक्षण पोजेटिभ

काठमाडौँः थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार साँझ थप एक जनाको परीक्षण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताए। 

भोजपुरका २६ वर्षीय एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको परीक्षण भएको थियो। 

योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। उपचारबाट घर फर्कनको संख्या दश पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell