PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

खाद्यान्नमा कालोबजारी गर्ने पसललाई आपूर्ति विभागले गर्‍यो कारबाही



रासस

खाद्यान्नमा कालोबजारी गर्ने पसललाई आपूर्ति विभागले गर्‍यो कारबाही
Photo: google.com/maps

काठमाडौं : लकडाउनका समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री गर्ने चार पसल कारबाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले  बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार काठमाडौं, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले पचास हजार रुपैयाँ जरिबाना गरिएको छ। त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत ५०/५० हजार रुपैयाँ जरिबाना गरिएको छ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको उनले जानकारी दिए। उपभोक्ता संरक्षण ऐन, २०७५  बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell