PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राजपा र समाजवादी एकीकरणबारे चन्द्र किशोर, ‘ओलीले चलाएको अध्यादेशको तरवार नेकपाकै घाँटीतिर, मधेसी नेता सत्ता नजिक पुग्दा मैनबत्ती’



राधेश्याम पटेल

राजपा र समाजवादी एकीकरणबारे चन्द्र किशोर, ‘ओलीले चलाएको अध्यादेशको तरवार नेकपाकै घाँटीतिर, मधेसी नेता सत्ता नजिक पुग्दा मैनबत्ती’

वीरगंज : मधेश मामिलाका जानकार एवं राजनीतिक विश्लेषक चन्द्र किशोरले प्रधानमन्त्री केपी शर्मा ओलीको तरबार अहिलेको समयमा नेकपा पार्टीको घाँटीतर्फ लट्केको टिप्पणी गरेका छन्। पार्टी फुटाउन हतारमा मन्त्रिपरिषदबाट पास गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत गराउन सफल देखिएका प्रधानमन्त्री ओलीको राजनीतिक योजना फेल हुने निश्चित देखिएको उनको भनाई छ।

‘ओलीजीले प्रदेश २ मा नेकपा पार्टीलाई मजबुत बनाउन र मधेशवादी दललाई काखीमुनी च्याप्न मधेसवादी पार्टीलाई फुटाउन लोकतन्त्रका मूल्य मान्यतालाई बिर्सदै हतारमा अध्यादेश पास गराउनु भयो,’ उनले भने, ‘तर अहिले त्यही अध्यादेशको तरबारले ओलीजी र नेकपाको घाटी रेटिने स्थिति पैदा भएको छ, र्दै जाउँ ओलीले अध्यादेश ब्याक फायर गर्नु हुन्छ की स्थायी कमितिको निर्णयालाई स्वीकार गर्नु हुनेछ।’

वरिष्ठ पत्रकारसमेत रहेका चन्द्रकिशोरले नेकपामा आफ्नो अस्तित्व जोगाउन उनले अगामि दिनमा पावर सेयरिङको सिद्धान्तलाई नअँगाले उनको विपक्षी बढ्दै जाने पनि दाबी गरे। विगतमा आन्तरिक पार्टी भित्रकै दबाबमा वामदेव गौत्तम र नारायणकाजी श्रेष्ठलाई पार्टीभित्र हैसियतअनुसारको स्थान दिन मानेका छन्। अगामी दिनमै उनको अधिनायकवादकै सिद्धान्तमा जान खोजे नेकपा र उनको राजनीति भविष्यको लागि पनि खतराको घण्टी सिर्जना भएको उनले जिकिर गरे।

उपेन्द्र यादव संयोग पुरुष, महन्थ–बाबुराम भिष्म पीतामह र द्रोणाचार्य

समाजवादी पार्टी र राजपा नेपाललाई रातारात एकिकरणको सुत्रमा बाँध्न सफल भएका समाजवादी पार्टीका नेता उपेन्द्र यादव मधेशी राजनीतिको संयोग पुरुषबाहेक अरु केही नभएको राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए। ‘उनलाई हरेक समयमा संयोगले साथ दिएको छ, त्यसैले उनलाई यो उपनाम दिएको छु,’ उनले भने, ‘२०६२/०६३ मा सद्भावनाले आन्दोलन थाल्यो, माघ १ गते संविधान जलाउँदा उपेन्द्र यादव एकाएक हिरो भए, आज पनि पार्टी फुट्ने निश्चित भएपछि उनले अस्तित्व जोगाउन राजपासँग मिलाप गरेका हुन्।’

जसरी बाढी आउँदा, सर्प, बिच्छी, घर, अन्नबाली सबै डुबाउँछ, त्यसरी नै अध्यादेशको बाढीले दुई तिर फर्केका समाजावादी र राजपा चार्ल्स डार्बिनको सिद्धान्त सर्भाइभल अफ फिटेस अर्थात बाँच्नको लागि संघर्ष मुताबिक पार्टी एकीकरण गरी खुशीयाली मनाउँदै छन, तर मधेशवादी भित्रको अन्तर कलहलाई शान्त नपारिए भविष्यमा पनि मधेशवादी फुट्दैन भनी भन्न नसकिने उनको भनाई छ।

‘उपेन्द्र यादव र राजपाकै शीर्ष नेताहरुको अस्तित्व जोखिममा देखिएपछि एकै घण्टामा मिलापत्र भएको छ, जुन एकीकरणको खिचडी तीन वर्षदेखि मधेसी राजनीतिमा पाक्दै थियो,’ उनले भने, ‘चुनाव ताका मधेशी जनताको जनादेश विपरित उपेन्द्र यादव सरकारमा सहभागी भए। मधेशी जनताको भावनासँग खेलवाड गरिसकेका छन्, त्यसैले भन्छु, एकीकरणले केही हुन्न, मधेशी नेता जब सत्ताको नजिक पुग्छन्, मैनबत्ती जस्तै पग्लिन्छन्।’

आज उपेन्द्रजीको संयोगले साथ दिदाँ उनको दरबारका भीष्म पीतामहको रुपमा इतिहास बोकेका महन्थ ठाकुर र पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई द्रोणाचार्यको रुमपा छेउछाउमा टाँसिन पुगेका छन्।

बदलाको भावना राखियो भने एकीकरणको अर्थ रहदैन

केपी ओली अध्यादेश कार्डको कारण समाजवादी पार्टी भित्रकै ७ जना संघीय सांसदले पार्टी फुटाउने षडयन्त्र विफल भएको र दुई मधेसवादी एकीकरण भएपछि सुखद पक्ष भए तापनि यदि ती ७ सांसदविरुद्ध पार्टी बदला वा कारवाहीको हिसाबले अघि बढयो भने पार्टी एकीकरणको अर्थ नरहने चन्द्र किशोर बताउँछन्।

उनले भने,‘पार्टी सबैको सहयोग र सहकार्यले बन्छ, केही न केही आपसी असन्तुष्टि थियो, जुन बाहियो आयो, त्यस द्वन्द्वलाई पहिचान गरी अघि बढनुपर्छ।’ विगतमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रजी आफै सरकारमा जानु भयो, डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउनु भयो, मोहम्मद इस्तियाक राईलाई मन्त्री बनाउनु भयो, त्यसको व्यवस्थापन गर्न सक्नु भएन, जसले गर्दा धेरै नेता असन्तुष्ट भएपछि फर्किएर आउनु पर्‍यो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell