PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मध्यप्रदेशमा ६ वर्षीया बालिका यौन अपराधको शिकार, अपराधी चिनिने डरले दुवै आँखामा प्रहार गरिएको आशंका



पहिलोपोस्ट

मध्यप्रदेशमा ६ वर्षीया बालिका यौन अपराधको शिकार, अपराधी चिनिने डरले दुवै आँखामा प्रहार गरिएको आशंका
प्रतीकात्मक तस्विर

भारतको मध्यप्रदेशमा  ६ वर्षीया बालिका यौन अपराधको शिकार भएकी  छिन्। दमोह जिल्लाको जबेरा थाना, वंशीपुरमा बालिका बलात्कार पछि दुवै आँखामा चोटसहित फेला परेकी थिइन्।

उनलाई बिहीवार बिहान घाइते अवस्थामा भेटिएपछि तत्काल जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, त्यहाँबाट उनलाई जबलपुर मेडिकल कलेज रेफर गरिएको थियो। बीबीसी हिन्दीले जनाए अनुसार प्रहरीले अपराधी चिन्ने डरका कारण बालिको दुवै आँखा निकालेको आशंका गरिएको छ। तर पीडितको आँखाको चोट कति छ भन्ने बारे बिस्तृत विवरण आएको छैन।

प्रहरीले भने,'दुई आँखाको बाहिरी भाग निकै सुन्निएको छ। हाल उनको उपचार जारी छ।'

प्रहरीका अनुसार बुधबारदेखि बालिका घरबाटै हराएकी थिइन्। हराउनु अघि उनी घर बाहिर अन्य बालबालिकासँग खेलिरहेकी थिइन्।

बालिकालाई रातभर खोजिए पनि बिहीवार मात्र एक सुनसान ठाउँमा भेटिइन्। त्यहाँ उनी दुवै हात बाँधिएको अवस्थामा थिइन् र आँखामा गम्भिर चोट थियो। दमोह प्रहरी अधिकारी हेमन्त चौहानले बताए अनुसार बालिकाको शरीरमा अन्य चोट पनि देखिएको छ। घटनाको आशंकामा १९ वर्षीय सचिन सेन पक्राउ परेका छन्।

मध्यप्रदेशमा बलात्कारका घटनाहरु केही वर्ष यता उच्च छ। विशेषगरी नाबालिका यस्तो यौन उत्पिडनको शिकार भएका छन्। नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार सन् २०१८मा मात्र मध्य प्रदेशमा ६ हजार ४ सय ८० बलाकात्कारका घटना घटे। जसमध्य ३ हजार ८ सय ८७ पीडित नाबालिका रहेका छन्।

त्यहाँका पूर्व मुख्यमन्त्री कमलनाथले पनि यस विषयमा ट्वीट गर्दै चिन्ता व्यक्त गरेका छन्। लेखेका छन्,'यो प्रदेश निर्दोष बालिकाहरुको लागि सुरक्षित छैन।'

त्यस्तै मुख्य मन्त्री शिवराज सिंह चौहानले पनि घटना बारे भनेका छन्,'यो निकै दूर्भाग्यपूर्ण घटना हो। यस बारे बुझेर अपराधीलाई छिटोभन्दा छिटो कारवाहीका लागि निर्देशन दिएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell