PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बढी मूल्य लिएर नुन बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना



रासस

बढी मूल्य लिएर नुन बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई  दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो।

 त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५० हजार रुपैयाँको दरले हजार जरिवाना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell