PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अक्सफोर्डमा कोभिड-१९ विरुद्ध भ्याक्सिनको मानवमा परीक्षण सुरु, खोपले काम गर्नेमा विश्वस्त छिन् अनुसन्धानका नेतृत्वकर्ता



पहिलोपोस्ट

अक्सफोर्डमा कोभिड-१९ विरुद्ध भ्याक्सिनको मानवमा परीक्षण सुरु, खोपले काम गर्नेमा विश्वस्त छिन् अनुसन्धानका नेतृत्वकर्ता

कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु भयो। अक्सफोर्डमा दुई स्वयं सेवकमा भ्याक्सिन लगाएर परीक्षण सुरु गरिएको हो। यस परीक्षण र अध्ययनका लागि ८ सय मानिस खटिएका छन्। जसमध्ये आधालाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइन्छ र आधालाई 'कन्ट्रोल भ्याक्सिन' दिइन्छ जसले कोरोना संक्रमण नभइ मेनिन्जाइटिस रोक्न मद्दत पुर्‍याउँछ।

स्वयं सेवकहरुलाई आफूमा कुन भ्याक्सिन लगाइँदैछ भन्ने थाहा हुँदैन। तर, चिकित्सकहरुलाई थाहा हुन्छ। परीक्षण थालिएको भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयमा तीन महिनाअघि बनाउन सुरु गरिएको थियो। जेन्नर इन्स्टिच्युटकी प्राध्यापक साराह गिलबर्थको नेतृत्वमा यस प्री- क्लिनिक अनुसन्धान सुरु गरिएको थियो।

साराहले बीबीसीसँग भनेकी छिन्,'मलाई व्यक्तिगत रुपमा यस भ्याक्सिनले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्नेमा पूर्ण विश्वास छ।'

सीमित व्यक्तिहरुमा परीक्षण र आवश्यक डाटा संकलनपछि आगामी चरणको काम हुने बताएकी छिन्। अक्सफोर्ड विश्वविद्यालयको समूहले यसअघि मर्स नामक कोरोनाभाइरस विरुद्ध भ्याक्सिन बनाएको थियो। मानवीय परीक्षणमा उक्त भ्याक्सिन प्रभावकारी ठहरियो। त्यसैले पनि कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको खोपले काम गर्ने विश्वास लिइएको छ। जसमा चिम्पान्जीमा हुने एडेनो भाइरस तेजोवद् गरी प्रयोग गरिएको छ। जुन एक निकै सामान्य भाइरस हो। हानीरहित भाइरसबाट बनेको भ्याक्सिनले हाम्रो शरीरलाई संक्रमित गर्छ र कोभिड-१९ प्रतिरोधी बनाउँछ भन्नेमा विश्वस्त छिन् साराह।

परीक्षण गरिएका मानिसहरुमा पाखुरा सुन्निने, टाउको दुख्ने, ज्वरो बढ्ने आदि समस्या देखिन सक्ने विज्ञहरुको भनाइ छ।

लन्डनकै इम्पेरियल कलेजले भने जुनबाट आफ्नो भ्याक्सिनको क्लिनिकल परीक्षण थाल्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell