PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

३२ वर्षीया नेपाली युवतीको कोरोनाले लियो ज्यान, एक वर्षअघिमात्रै गएकी थिइन् बेलायत



पहिलोपोस्ट

३२ वर्षीया नेपाली युवतीको कोरोनाले लियो ज्यान, एक वर्षअघिमात्रै गएकी थिइन् बेलायत

लण्डन : कोरोनाको संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली युवतीको मृत्यु भएको छ। कोरोनाका कारण बेलायतमा ज्यान गुमाउने कम उमेरकी नेपाली हुन् उनी।

वीनेपालीडटकमका अनुसार मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतको ननिटनमा रहँदै आएकी बीमा नाछिरिङ राई हुन्। उनको म‌ंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए।

उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन्। उनी गत वर्ष मात्र बेलायत आएकी थिइन्।

उनको मिर्गौलामा समस्या देखिएको थियो। एक साताअघि अस्पताल भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell