PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रदर्शनमा पनि भौतिक दुरी : तिम्रो विधेयक चाहिँदैन अस्थिरता ल्याउन पाइँदैन

प्रदर्शनमा पनि भौतिक दुरी : तिम्रो विधेयक चाहिँदैन अस्थिरता ल्याउन पाइँदैन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विद्यार्थीहरु लकडाउनको पर्वाह नगरी सडका उत्रिएका हुन्। यद्यपि, उनीहरुले प्रदर्शन गर्दा भौतिक दुरी कायम गरेका थिए।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै प्लेकार्ड प्रदर्शन गरे।

'तिम्रो विधेयक चाहिँदैन अस्थिरता ल्याउन पाइँदैन' लगायत नारा लगाएर उनीहरुले विरोध जनाएका हुन्। लकडाउनको कारण थोरै सङ्ख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए। तर, विभिन्न ठाउँमा उनीहरुले यसैगरी विरोध जनाएका छन्।

नेपाल विद्यार्थी संघले आज देशव्यापी रुपमा सरकारको विरोधमा ठाउँ ठाउँमा प्रदर्शन गरेको बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell