PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक, अध्यादेशमाथि हुँदै छलफल



पहिलोपोस्ट

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक, अध्यादेशमाथि हुँदै छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'हठ'कै भरमा जारी दुई अध्यादेशले राजनीति गर्माएको बेला मन्त्रिपरिषद बैठक डाकिएको छ। आज ११ बजेका लागि बैठक डाकिएको हो।

प्रधानमन्त्रीले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गर्ने सम्भावना छ। पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने तत्कालै राष्ट्रपतिले त्यसमा लालमोहर लगाएकी थिइन्।

जनकपुरबाट समाजवादी पार्टीका सांसदको 'अपहरण' प्रकरणपछि प्रधानमन्त्रीको नियतमाथि पार्टीभित्रै चर्को आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell