PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चलचित्र कलाकार संघमार्फत् नृत्यकारहरुलाई राहत



पहिलोपोस्ट

चलचित्र कलाकार संघमार्फत् नृत्यकारहरुलाई राहत

काठमाडौँ : काठमाडौंमा रहेका नृत्यकारहरुलाई राहत सामाग्री उपलब्ध गराइएको छ। चलचित्र कलाकार संघको नेतृत्वमा लकडाउनका कारण कामविहीन भएका र प्रभावित नृत्यकारहरुलाई दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको हो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना लकडाउन प्रभावित नृत्यकारहरुलाई सहयोग गरिएको हो। राहतका लागि नेपाल नृत्य संघका कार्यवहाक अध्यक्ष जनक कार्कीले अनुरोध गरेका थिए।

नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसी (राजु), विद्या बज्राचार्य र महात्मा पराजुली लगायतको सक्रियतामा नृत्यकार एवं नृत्य क्षेत्रका प्राविधिकहरुलाई सहयोग हस्तान्तरण भयो।


'नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मीहरुको जेष्ठ संघ हो। त्यसैले यस क्षेत्रमा काम गर्ने कलाकार एवं प्राविधिक प्रति हाम्रो पनि जिम्मेवारी छ। सकेको पूरा गर्छौं', अध्यक्ष खड्काले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell